Lite Nepal

शनिबार, बैशाख ०२, २०८०

काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ ।

शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा