Lite Nepal

सोमबार, साउन २६, २०७७

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न नसक्ने भएकाले आफै सुरक्षीत रहन पनि उसले आग्रह गरेको छ ।

कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरू पूर्ण रूपमा असफल भएकाले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको हो ।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरेर समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले गर्ला र हामी सुरक्षीत हौंला भनेर नबसौं । आफूले आफैंलाई सुरक्षित गर्नुपर्‍यो ।

आफैं सुरक्षित हुने तरिका खोज्नुपर्‍यो । आफ्नो सहपाठी, साथीभाई, टोल छिमेकलाई सुरक्षित रहन र सचेतना अभियानलाई अगाडि बढाउन सबैलाई आह्वान गर्छौं ।’ महतले मास्क लगाउन, भौतिक दूरी अनिवार्य रूपमा कायम गर्न, स्यानेटाइजर प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर हिँडडुल नगर्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं