Lite Nepal

बुधबार, साउन २८, २०७७

विराटनगर । प्रदेश १ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सुनसरीको इटहरीमा बस्दै आएकी नेकपाका सांसद श्रेष्ठमा बुधबार कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनका श्रीमानमा पनि कोरोना देखिएको बताईएको छ ।

सांसद श्रेष्ठले केही दिन अगाघि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताईन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं