Lite Nepal

बुधबार, आश्विन ०७, २०८३

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–१ बाट ३५ वर्षमुनिको युवा कोटातर्फ एकै परिवारका दुई दाजुभाइ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

२९ वर्षीय अभिषेक भट्टराई र उनका भाइ २६ वर्षीय गौरव भट्टराई युवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन्। दुवै दाजुभाइ सानैदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा रुचि राख्दै आएका छन्।

अभिषेक यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचनमार्फत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत भइसकेका छन्। यसपटक भने अभिषेकसँगै उनका भाइ गौरव पनि युवा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। एउटै परिवारका दुई युवा दाजुभाइ एकैपटक क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएपछि विराटनगर–१ को कांग्रेस राजनीतिमा उनीहरूको चर्चा बढेको छ।

पछिल्लो पुस्ताको राजनीतिक सहभागितालाई प्रतिनिधित्व गर्ने यी दाजुभाइलाई कांग्रेसभित्र ‘जेनजी पुस्ताका युवा प्रतिनिधि’ का रूपमा समेत हेरिएको छ। राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय उनीहरूको सर्वसम्मत चयनले पार्टी संगठनमा युवाको सहभागिता बढ्दै गएको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं