Lite Nepal

शनिबार, पुष २०, २०८१

झापा । बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको छ ।

प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि पक्राउ परेको २६ दिनपछि शुक्रबार सरकारी वकिल कार्यालय झापाले शिवाकोटीविरुद्ध मुद्दा दर्ता गरेको हो । भोलि शनिबार परेकाले पर्सि अदालतमा आरोपितको बयान हुनेछ । बयान सकिपछि थुनछेकको बहस हुने झापा जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले जानकारी दिए ।

पक्राउ परेदेखि नै उपचारको बहानामा शिवाकोटी बिर्तामोडको बी एण्ड सी अस्पतालमा छन् । प्रहरीले उनीसँग अस्पतालमै बयान लिएर रायसहितको प्रतिवेदन बुझाएको हो । पूर्वी सीमानाका काँकडभिट्टाबाट उद्धार गरिएकी बालिकाको बयानका आधारमा प्रहरीले सिवाकोटीलाई गत मंसिरमा पक्राउ गरेको थियो ।

चेलिबेटी बेचबिखनविरुद्ध काम गर्ने संस्थाले सीमा नाकामा केरकार गरेपछि पीडित बालिकाले शिवाकोटीको घरमा बस्ने गरेको र उनले पटकपटक जबरजस्ती करणी गरेपछि भागेर हिँडेको बयान दिएकी थिइन् । त्यसपछि इलाक प्रहरी कार्यालय अनारमनीले सिवाकोटीलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं