Lite Nepal

मंगलबार, माघ ०८, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको कामले गति लिएको छ ।

हाल बटम स्टेसनको काम भइरहेको र कामलाई थप गती दिन निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सन ताप्लेजुङका सामाग्री त्यस क्षेत्रमा पुगेको कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।

प्रमुख केदेमका अनुसार १५ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको गत कात्तिक २३ गते शुक्रबार शिलान्यास गरिएको थियो ।

संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको शिलान्यास गरेका थिए ।

पाथीभरा केबलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने नगरप्रमुख अमिर मादेनको भनाई छ ।

उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं