काठमाडौँ । जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई सम्पर्क गर्न आह्वान गरेको छ । पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय समिति बैठकले ७७ वटै जिल्लाबाट सम्भावित उम्मेदवारहरूको नाम संकलन गर्ने निर्णय गरेको हो । पार्टीले उम्मेदवार बन्न इच्छुक सक्षम, योग्य तथा ऊर्जावान् व्यक्तिहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
लावतीले केन्द्रीय समिति बैठकले उम्मेदवार आह्वान गर्ने निर्णयसँगै समसामयिक राजनीतिक तथा अन्य विषयमा आठबुँदे संकल्पसहित विभिन्न निर्णय गरेको जानकारी दिए ।


