काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोधमा रहेको पक्षसँग गृहमन्त्रीले आज छलफल गर्दैछन् । आज साँझ ६ बजे गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने भएका हुन् ।
गृहमन्त्रीसँगको वार्ताका लागि नेकपा एमाले सांसद योगेश भट्टराईले सहजिकरण गरेका थिए । आइतबार आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीचको वार्ता भाँडिएको थियो ।
वार्ता भाडिएपछि आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने बताएका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते ६ बुँदे सहमति भएको थियो । सो सहमति पछि यातायात बन्द फिर्ता भएको थियो ।