Lite Nepal

सोमबार, माघ २८, २०८१

काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोधमा रहेको पक्षसँग गृहमन्त्रीले आज छलफल गर्दैछन् । आज साँझ ६ बजे गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने भएका हुन् ।

गृहमन्त्रीसँगको वार्ताका लागि नेकपा एमाले सांसद योगेश भट्टराईले सहजिकरण गरेका थिए । आइतबार आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीचको वार्ता भाँडिएको थियो ।

वार्ता भाडिएपछि आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने बताएका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते ६ बुँदे सहमति भएको थियो । सो सहमति पछि यातायात बन्द फिर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं