Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार बौद्ध दर्शन तथा गुम्बा विकास समितिको ९७ औ बैठकमा मन्त्री भट्टराईले सो बुद्ध दर्शनलाईं विश्वब्यापी बनाउदै मानव जातिलाई एकिकृत गर्नुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री भट्टराईले बौद्ध दर्शन तथा गुम्वा ब्यवस्थापन समितिमा मनोनित हुने सवैलाई बधाई तथा शुभकामना ब्यक्त गदै बौद्ध दर्शनको लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा ख्याति कमाउने गरी कार्य गर्न समेत सवैलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले देशमा हजारौ गुम्वाहरु रहेका दाबी गदै गुम्वाहरुको तथ्याङ्क एकिकृत गरी ऐतिहासिक सम्पदाको जिर्णोदार गर्नु पर्ने बताए ।

उहाँले भुकम्पबाट क्षति पुगेका गुम्वाहरुको पुननिर्माणका लागि पून निर्माण प्राधिकरण तथा पुरातत्व विभागसँग समन्वय गरेर कार्य गर्न अनुरोध गदै देश भरी रहेका बुद्धसँग सम्बन्धित काम गर्ने संघ संस्थाहरुसँग सहकार्य गरेर कार्य गर्न आग्रह समेत गरे ।

मन्त्री भट्टराईले समितिलाई बौद्ध दर्शन सम्बन्धि विश्वस्तरको खोज अनुसन्धान गरी प्रकाशन गर्न समेत आग्रह गरे ।

विगतमा स्थानीय विकास मन्त्रालयले गुम्बा ब्यवस्थापन गरेपनि हाल बौद्ध गुम्वाहरु सांस्कृतिक तथा पुरातात्विक हिसावले महत्वपूर्ण रहेकोले सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मातहतमा ल्याएको समेत बताए ।

बैठकले बौद्ध दर्शन प्रबद्र्धन तथथा गुम्बा सञ्चालन नियमावली २०७१, निर्देशकिा नियमावली २०७१, आर्थिक प्रशासन नियमावली २०७१ सम्सोधन तथा कर्मचारी शर्त नियमावली, प्राचिन गुम्बा÷विहारको अभिलेखिकरण गर्ने, बौद्ध दर्शन गोन्पा विकास परिषद ऐनको विधेयक मस्यौदा बनाएर सम्बन्धित निकायमा पेश गर्ने निर्णय तथा गत आ.वको प्रगति तथा चालु आवका बार्षिक कार्यक्रम अनुमोदन समेत गरेको गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (जिक्डोल)ले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं