Lite Nepal

बुधबार, फाल्गुण ०७, २०८१

काठमाडौं । आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको वंशीयतन्त्र नभई प्रजाहरूकै तन्त्रमा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा प्रजातन्त्र आएको थियो ।

जनताले गरेको आन्दोलनलाई तत्कालीन राजा त्रिभुवनले पनि साथ दिएपछि मुलुकमा प्रजातन्त्र बहाली सम्भव भएको थियो । आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस, तत्कालीन राजा त्रिभुवन र राणाबीच सहमति भएपछि जहानियाँ राणा शासनको अन्त्य भएको थियो ।

हालसम्म भएका सबै राजनीतिक परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र भएकाले यसलाई विशेष दिवस मनाउने गरिएको छ । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ पदाधिकारीको सहभागीतामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं