Lite Nepal

बिहिबार, फाल्गुण ०८, २०८१

ताप्लेजुङ । पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेका ‘नो केबलकार समूह’ले केबलकार निर्माण क्षेत्रमा पुगेर सरक्षामा खटिएका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि विहीबार दिउँसो झडप भएको छ ।

झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ ।

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूह बिहीबार ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएको थियो । निर्माण स्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुंगा हान्न सुरु गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन् ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं