Lite Nepal

बिहिबार, फाल्गुण ०८, २०८१

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणमा जिल्ला बाहिरका मान्छेले अवरोध गर्न नहुने बताएका छन् ।

बिहीबार साँझ सामाजिक संजाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन ।’

ताप्लेजुङवासीले पाथीभरामा केबुलकार निर्माण आवश्यक मानेको पोखरेलको भनाई छ । ताप्लेजुङको पाथिभरामा ‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको थियो । झडपमा सुरक्षाकर्मीसहितका १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं