Lite Nepal

मंगलबार, फाल्गुण २७, २०८१

काठमाडौं । कोशी प्रदेश सभाको आजको बैठकमा सम्बोधन गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुन्न विपक्षी दलहरु तयार भएका छन् । ओलीले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकाई विषेश सम्बोधन गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले निकालेको छ ।

यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

विपक्षीको चेतावनीपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग भेटवार्ता गरेका थिए । सो भेटपछि विपक्षीहरु सम्बोधन सुन्न तयार भएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले छुद्र, असभ्य र अमर्यादित कुरा नबोल्ने सहमित भएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं