अलैंचीको निर्यात बढ्यो, चीन र यूएईमा समेत निर्यात

विराटनगर । नेपालबाट विदेश निर्यात हुने वस्तुमध्येको एक वस्तु अलैँचीको निकासीको मूल्य र परिणाम बढेको छ । अघिल्लो वर्षको यहि अवधिको तुलनामा चालू वर्षको सात महिने अवधिमा अलैँचीको निकासी बढेको हो । आर्थिक वर्ष २०७७÷७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ […]

‘कोरोना खोपले रगतमा असर गर्ने हल्ला निराधार’

एजेन्सी । कोरोना भाइरस विरुद्ध तयार पारको अक्सफोर्ड–आस्ट्राजेनेका खोपले रगतमा असर गर्छ भन्ने हल्ला निराधार रहेको बताइएको छ । स्पस्टोक्ति युरोपेली युनियनको औषधि नियामक निकायका अनुसार डेनमार्क र नर्वे लगायत कतिपय देशहरूमा त्यो खोपमा रगत जम्ने समस्या देखिएको भन्दै प्रयोग स्थगित गरिएको थियो । यस घटनापछि युरोपेली युनियनको औषधि नियामक निकायले खोपमा समस्या नरहेको दावी […]

खाना पकाउन फुकेको आगोले ताप्लेजुङमा जल्यो घर

ताप्लेजुङ । ताप्लेजुङको फुङलङ नगरपालिका–५ उकालिपानीमा बिहीबार दिउँसो आगलागीबाट एक घर जलेर नष्ट भएको छ। सन्तोश मावो लिम्बूको जस्ता र काठले बनेको एक तले घर जलेको हो । नगरपालिकाको दमकल र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । घर भने पूर्णरुपमा जलेको नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीमा ८० […]

प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै

काठमाडौँ । गत पुस ५ गते विघटनपछि फागुन ११ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो । पहिलो बैठक २३ गते बसेको थियो । आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र […]

अलैंचीको जात पहिचान गर्न सुरु

ताप्लेजुङ । नेपालमा खेती सुरु भएको वर्षौपछि अलैंचीको जात पहिचान गर्न थालिएको छ । अलैंची विकास केन्द्र इलामले पाँच वटा जात पहिचान गरी दर्ताका लागि कृषि मन्त्रालयमा सिफारिस गरेको छ । नेपालमा खेती हुने १४ वटा अलैंचीका जातमध्ये ५ वटा दर्ताका लागि सिफारिस भएको छ । कृषि मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा गठित समितिले रामसाई, गोलसाई, डम्वरसाई, […]

दोभान बजार पुनर्स्थापना गर्न गाउँपालिकाले तयार पार्यो नयाँ मापदण्ड

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई पुनर्स्थापित गर्न मेरिङ्देन गाउँपालिकाले नयाँ मापदण्ड तयार गरेको छ । नयाँ मापदण्ड अनुसार घर निर्माणमा ईंटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकको ढाँचामा घर बनाउनुपर्ने छ । घरको नक्सा पास शुल्क भने गाउँपालिकाले मिनाहा गरिदिएको छ । पेट्रोलियम पदार्थको बिक्री वितरण आयल निगमले तोकेको मापदण्ड अनुसार […]

प्रधानमन्त्रीले बोलाए ४ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले बालुवाटारमा दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका छन्। अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्। सर्वोच्च अदालतको […]

लागु औषधसहित पाँचजना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागु औषधसहित पाँचजना पक्राउ परेका छन् । विराटचौकबाट खटिएको प्रहरी टोलिले सोहि स्थान बस्ने ३४ वर्षीय केशब तामाङको कोठाबाट डाईजोल्प थान १०, लुपिजेसिक थान ७, एभिल थान १३ र गाँजा २ सय ग्राम फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तामाङको घरमा लागुऔषध बिक्री वितरण तथा […]

धुम्बाराहीमा आज एमाले कार्यालयको नाम र साइनबोर्ड राखिने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्। (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको […]

प्रदेश १ मा सांसद तानातान, दाहाल नेपाल समूहका उपनेताले छाडे समूह

विराटनगर । प्रदेश १ सभा सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन नेतृत्व गरेका नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले दाहाल–नेपाल समूह छाडेका छन् । उनी पार्टी एकता जोगाउने भन्दै नेकपाकै नेतृत्वमा सरकार गठन अभियानमा लागेको भन्दै सो समूह छाडेका हुन् । उनले भने, ‘पाँच वर्षका लागि नेकपाले जनमत पाएकाले पार्टी फुटाएर कांग्रेसलाई सरकारको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा