प्रदेश १ मा शुक्रबार ७ सय ५१ संक्रमित थपिए (कुन जिल्लामा कती)

विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय ५१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ […]

ताप्लेजुङमा मृत्युपछि एक बृद्धाको कोरोना पुष्टि, ६ जनाले गुमाए ज्यान

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएपछि जिल्ला अस्पतालको टोलीले घरमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो । अस्पतालका प्रमुख डा। सोनिङ लामाका अनुसार वृद्धामा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या थियो । वृद्धाको शुक्रबारै काबेली घाटमा अन्त्येष्टि गरिएको छ । स्वास्थ्य […]

मन्त्रिपरिषद् विस्तार, सबै पुरानै मन्त्री दोहोरिए (मन्त्रीहरुको सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् । १। श्री केपी शर्मा ओली प्रधानमन्त्रीररक्षा २। श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३। श्री रामबहादुर थापा मन्त्री गृह ४। श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई ५। श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ ६। श्री […]

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेका थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ […]

पुनः प्रधानमन्त्री ओली, शपथ साढे २ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका […]

ताप्लेजुङमा ७९ सहित एकैदिन प्रदेश १ मा थपिए १ हजार ३९ संक्रमित

विराटनगर । प्रदेश १ मा विहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ […]

प्रदेश १ मा एकैदिन १ हजार नजिक पुग्यो संक्रमितको संख्या (कुन जिल्लामा कति ?)

विराटनगर । प्रदेश १ मा विहीबार ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामाजिक […]

ताप्लेजुङमा एकैपटक ठुलो संख्यामा थपिए संक्रमित, ६६ जनाको रिपोर्ट पोजेटिभ

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वाव संकलन गरी पठाएको सय जना मध्ये एकैपटक ६६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । कोरोनाका लक्षण देखिएका, संक्रमितको सम्पर्कमा रहेका र यस अघि संक्रमण पुष्टि भई पुन परीक्षणका लागि पठाएका मध्येबाट आएको रिपोर्ट रहेको प्रशासन कार्यालयले जनाएको […]

मध्यरातबाट इलाममा थपियो निषेधाज्ञा, सडकमा निस्कन कडाइ

इलाम । इलाममा कोरोनाको प्रकोप तीव्र हुँदै गएपछि मंगलबार राति १२ बजेबाट जिल्लाभर निषेधाज्ञा लाग्ने भएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले अत्यावश्यक सेवाबाहेक जेठ १२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । यसअघि बजार तथा राजमार्ग र सडकमा निस्कन कडाइ गरिएको भए पनि निषेधाज्ञा लगाइएको थिएन । निषेधाज्ञामा अन्य जिल्लाबाट इलाम भित्रिने […]

होस गर्नुहोस है ! बजारमा नक्कली अक्सिमिटर पनि छन्, पहरीले पक्राउ गरी खोल्यो रहस्य

विराटनगर । कोरोना संक्रमण बढेसँगै अक्सिजनको मात्रा नाप्ने अक्सिमिटरको माग बजारमा ह्वातै बढेको छ । यसको माग बढेसँगै यसको कालोबजारी र नक्कली उत्पादन गर्ने र महामारीमा लुट मचाउने क्रम पनि सुरु भएको छ । प्रहरीले नक्कली अक्सिमिटर बेच्ने ७ जनालाई काठमाडौंबाट पक्राउ गरेसँगै यसको रहस्य खुलेको छ । उत्पादन मिति, म्याद समाप्त मिति, खरीद मूल्य, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं