काठमाडौं । कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङ्ग स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो […]
विराटनगर । प्रदेश १ मा आज १ सय ३८ संक्रमित थपिएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना […]
पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१० का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति सवा ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उपचारका लागि भदौ २५ […]
विराटनगर । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । मूल्य बृद्धि रोक्न भन्दै कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाइएको हो । बीबीसी हिन्दीका अनुसार आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ । हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि […]
विराटनगर । प्रदेश १ को राजधानी विराटनगर सहित पूर्वमा मंगलबार विहानै देखी भारी वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको हो । नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ २५० मिलिलिटरभन्दा बढी […]
काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण करिब ३ करोडको मृत्यू भएको छ । २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा यतिका नागरिको मृत्यू भएको हो । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ । यस्तै एकै दिन […]
काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङको विषयमा भने […]
काठमाडौं । कोरोना महामारीका बिच पनि यो दशैमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने योजना भने बनाएको छ । तर, कोरोनाले कत्तिको असर गर्ला र भनेर अहिले राष्ट्र बैंकले कुनै निर्णय भने गरेको छैन । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवति नेपाल अहिले नियमित प्रक्रियाबाट नयाँ नोट छपाइ भएर आइरहेको बताउँछन् । उनका […]
काठमाडौं । कोरोना बीमाको मापदण्ड संशोधन सँगै १ लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन् । बीमा समितिका सूचना अधिकृत […]
काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आज बस्ने बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । यस्तै बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि गत बिहीबार नै बस्नु पर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन । गौतमलाई […]