Lite Nepal

बुधबार, बैशाख २९, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वाव संकलन गरी पठाएको सय जना मध्ये एकैपटक ६६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

कोरोनाका लक्षण देखिएका, संक्रमितको सम्पर्कमा रहेका र यस अघि संक्रमण पुष्टि भई पुन परीक्षणका लागि पठाएका मध्येबाट आएको रिपोर्ट रहेको प्रशासन कार्यालयले जनाएको छ ।

पोजेटिभ रिपोर्ट आउनेहरुमा ठुलो संख्या फुङ्लिङ नगरपालिकाका स्थानीयको रहेका छन् । केही मेरिङ्देन, सिरिजङ्घा गाउँपालिकाका पनि छन् ।

बुधबार रिपोर्ट आएका मध्ये ३४ जना महिला र ३२ जना पुरुष छन् । यो सँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २ सय २५ पुगेको छ । सक्रिय संक्रमितको संख्या बढेपनि कोरोना जित्नेको संख्या न्यून छ । बुधबारको तथ्याङ्क अनुसार एकजना मात्रै संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं