३ बिनाविभागीय मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि प्रधानमन्त्री दाहालले नयाँ सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई मन्त्रीमा समावेश गरेका हुन् । आज शपथ लिने मन्त्रीहरूमा माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल छन् । नवनियुक्त मन्त्रीहरू […]

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । उनले माओवादीको विशेषताकै कारण राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको दाबी गरे । उनले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञासमेत दिए । आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भरहने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई […]

गठबन्धन भत्कियो, संसद रोकियो

काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ। नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधिसभा बैठक प्रभावित भएको हो। संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त […]

नयाँ समीकरणबारे माओवादी बैठकमा प्रधानमन्त्री दाहालले के भने ?

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । उनले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताए । बैठकमा उनले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताए । उनले सरकारका कामलाई गति दिने, शान्ति प्रक्रियाका काम पुरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन […]

फुटपाथमा पनि सरकारको तगारो

काठमाडौं । सुरक्षा निकायको लापरबाहीका कारण सोमबार लघुवित्तपीडितहरुले संसद् परिसरभित्रै पसेर प्रदर्शन गरे । लगत्तै, जिल्ला प्रशासन कार्यालयले सुरक्षाका संसद् भवनको चारैतर्फ घेरा लगाएर नागरिकलाई फुटपाथ हिँड्नसमेत निषेध गरेको छ । संसद् भवन वरपर मात्रै होइन, सिंहदरबार, बालुवाटार तथा शीतलनिवास क्षेत्रमा समेत नागरिकले सडक पेटीमा हिँड्न पाएका छैनन् । संसद् सुरक्षामा सरकार असफल हुँदा नागरिक […]

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा राजनीतिक सौदाबाजी कहिलेसम्म ?

काठमाडौं – सरकार र राजनीतिक दलहरू सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सौदाबाजी गरिरहेका छन् । तर जसको लागि यो विधेयक ल्याउन खोजिएको हो उनीहरू सरकार प्रति विश्वास नभएर हो वा आफ्नो बेपत्ता व्यक्ति फर्केर आउँदैन भनेर हो कुशको लास बनाएर दाहसंस्कार गरिरहेका छन् । यस्तै टिठ लाग्दो अवस्था पशुपति आर्यघाटमा देखिएको छ । चन्द्रकला उप्रेतीले राज्यसँग […]

मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता लाग्छ : ओली

झापा – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गरे । आज गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उनले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक […]

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा अनु […]

सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई […]

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले सभामुखको हस्ताक्षर समेतका आधारमा गठन भएको कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि भन्दै यस्तो आदेश दिएको हो । सभामुख समेतको समर्थनमा सरकार गठन हुने गैरसंवैधानिक हुने दाबी गर्दै एमाले संसदिय दलका नेता […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा