विराटनगर । ताप्लेजुङमा केबुलकार बन्ने र रोक्ने विषयले निम्त्याएको शनिबार साँझको घटनामा प्रहरीले आत्मरक्षामात्रै गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन् । प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरेको भन्दै प्रदेश सभामा विरोध भएपछि मन्त्री भण्डारीले सरकारको तर्फबाट घटनाको जानकारी गराउँदै घटनास्थलबाट प्रहरीले खुकुरी, लठ्ठी र गुलेली लगायतका घरेलु हातहतियार […]
ताप्लेजुङ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुंगा र गुलेली प्रहार गरेपछि भएको झडपमा ५ आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए । झडपका क्रममा […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएर सञ्चालन भएपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फीट मुनिका बालबालिकाले निःशुल्क चढ्न पाउने भएका छन् । पाथीभरामा केबलकारले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने पाथीभरा देवी दर्शन केबलकार सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । ‘उकालोमा हिड्न गाह्रो हुने भनेकै ७५ […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएपछि एक दिन सम्म उकालो पैदल यात्रा गर्नुपर्ने दूरी १० मिनेटमा छोटिने भएको छ । हाल तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट उकालो पैदल यात्रा गर्दै माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिरसम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । केबलकार निर्माण सम्पन्न भएपछि यो यात्रा १० मिनेट ३१ सेकेन्डमा […]
काठमाडौं । याला हिमनदी खुम्चिँदै गइरहेको छ । सन् २०४० को दशकसम्ममा यो पूरै गायब हुनसक्ने भनिएको छ । ग्लोबल ग्लेसियर कजल्टी लिष्टमा समावेश भएको यो सम्पूर्ण हिमालयको एक मात्रै हिमनदी हो । ग्लोबल ग्लेसियर कजल्टी लिष्ट राइस युनिभर्सिटी, युनिभर्सिटी अफ आइसल्यान्ड, विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ), विश्व हिमनदी निगरानी सेवा र युनेस्के मिलेर २०२४ मा […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको कामले गति लिएको छ । हाल बटम स्टेसनको काम भइरहेको र कामलाई थप गती दिन निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सन ताप्लेजुङका सामाग्री त्यस क्षेत्रमा पुगेको कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए । प्रमुख केदेमका अनुसार १५ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । पाथीभरा मन्दिरसम्म […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ । यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे […]
विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस दलका नेता उद्धव थापालाई सवारी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वास्तोलाको सोमबारको इजलासलले निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापालाई गत १३ असोजमा एउटा हलुका सवारीसाधन, […]
काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन यही माघ १८ गते आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद् बैठक बोलाउन आलटाल गरेको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन […]