काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा भएको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मङ्गलबार अधिवक्ता विवेक पोखरेलले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने […]
झापा । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय साबित भएको छ” । देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन । यहाँको भद्रपुर नगरपालिका–१ का उनी हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन […]
बेलबारी (मोरङ) । मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा-११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी-२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरू साथी भेट्न जाने भन्दै यही जेठ […]
झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका-२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर-२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतंक खेपिरहेको बाहुनडाँगीले पछिल्लो […]
हिले । बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार खण्ड सन्चालनमा आएको छ । लेउती खोलाले भत्काएको स्थानमा डाइभर्सन निर्माण गरि एकतर्फी सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक ध्रुब नारायण श्रेष्ठले जानकारी दिए । यो सँगै शनिबार बिहानै देखि अबरुद्ध सडक सन्चालनमा आएको हो । बिहानै देखि रोकिएका सयौ सबारीसाधन गन्तव्य […]
धरान । शुक्रबार रातीदेखि परेको अविरल वर्षा पछि आएको लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । खोलाले करिब १०० मिटर सडक बगाएको छ । सडक खुलाउन अब नयाँ बाटो खन्नुपर्ने अवस्था छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– […]
काठमाडौं । कोसी प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएकाले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ । पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ […]
बुटवल । अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न स्थानमा सवारी साधनहरु बाटोमै रोकिएका छन्। यसैगरी खोर्सानी खोलामा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ गइरहेको लु३च […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताएका छन् । बिहीवार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् […]
पर्सा । जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । यहाँको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा हात्तीको आक्रमणले मकवानपुर मनहरी गाउँपालिका–२ स्थायी घर भएका ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो । जिल्ला प्रहरीका सूचना अधिकारी किशोर लम्सालले मृतक भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो […]