काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले सहिद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सरकारसँग आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जेनजी आन्दोलनमा सहिद भएका आफ्ना छोरा रसिक खतिवडाको शवसँग सांसद पद साटेको आरोपको खण्डन गर्दै आफू भावुक बनेकी थिइन्। व्यवसायी दुर्गा प्रसाईंले आफूले छोराको शवसँग […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् । उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए […]
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त […]
विराटनगर । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटा पाख्रीबासको एक विद्यालयलाई ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन् । पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि उनले उक्त सहयोग गर्न लागेका हुन् । विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको उच्च […]
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ । यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा बिदाइको लागि सरकारका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुग्ने गर्थे । तर प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उनलार्ई बिदाइ गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ । […]
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरिएको छ। केन्द्रीय समितिले गरेको अध्ययनअनुसार पहिचान गरिएका जग्गाको कुल क्षेत्रफल ३ हजार २७९ रोपनी २ पैसा छ। रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता जग्गा पहिचान गरिएको हो। क्षेत्रफलका आधारमा नुवाकोटमा २ हजार […]
काठमाडौं । अमेरिकी ह्वाइट हाउसले ट्रम्प प्रशासनसँग सम्बन्धित सामग्री २४ घण्टा प्रसारण गर्ने डिजिटल नेटवर्क ‘ट्रम्प टिभी’ लन्च गर्ने घोषणा गरेको छ। ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि अमेरिकी टीभी नेटवर्कहरूले विरोधस्वरूप केही राष्ट्रपतीय कार्यक्रमको साझा कभरेज रोकेका छन्। हेलिप्याड उद्घाटनको भिडियोसमेत ह्वाइट हाउसले आफैँ सार्वजनिक गर्नुपरेको थियो। यसैबीच, न्युयोर्क […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन् । उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री साहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन् । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू […]
विराटनगर । जापानमा शक्तिशाली सामुद्रिक आँधी ‘डुजुआन’का कारण दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । अरु केही मानिसको अवस्था थाहा हुन सकेको छैन । आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ्यो । जापानको मौसम विज्ञान विभागले यसअघि ‘तत्काल जीवनका लागि खतरा’ भन्दै विभिन्न चेतावनी जारी गरेको थियो […]
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ । ‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरु पनि आज सम्पर्कविहीन हुनुहुन्छ । […]