चिया निर्यात ४६ प्रतिशतले वृद्धि

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्यांक अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ । चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार […]

आठराई त्रिवेणी गाउँपालिकाले यसै वर्ष हटाउँदै १०० घरधुरीको खरको छाना

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्षमा नै १०० घरधुरीको खरको छानो विस्थापन गर्ने भएको छ ।  सोमबार बसेको ४६औं कार्यपालिका बैठकले असार पहिलो साता सम्ममा नै १०० घरधुरीलाई खरको छाना विस्थापन गर्दै जस्तापाता लगाउन रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।  निर्णय सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष दिपेन पोमुले चालु आर्थिक वर्षमा नै […]

कोशीमा रहेका पर्यटन, जलस्रोत र कृषिको विकासमा ध्यान दिन सरकारलाई योगेशको सुझाव (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले ताप्लेजुङसहित कोशी प्रदेशमा रहेका पर्यटन, जलस्रोत तथा कृषिको समुचित विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले कोशी प्रदेशमा भएका अथाह सम्भावनाका विषयमा सरकारको ध्यानाकर्षण […]

संघीयतामा यसरी बढ्दैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

काठमाडौं । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्‍यो । उनीहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो । तर मुद्दा दायर भएको तीन महिनापछि विशेष अदालतले प्रमुख महर्जन […]

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा खोटाङका उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै […]

आगामी आवमा ७ प्रदेशले राजश्व बाँडफाँट बापत ७८ अर्ब पाउने, कुनलाई कति ?

विराटनगर । आर्थिक वर्ष २०८२/८३ मा देशमा सात प्रदेशले झन्डै ७८ अर्ब अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि उक्त आर्थिक वर्षमा प्राप्त हुने रकम सो बराबर हुने अनुमान गरेको हो । यस अनुसार कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख, […]

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । सडक विभागमार्फत् परिचालन हुने यो सहायताबाट रणनीतिक सडक विस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ । नेपाललाई दिने वित्तीय सहायता […]

आज विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह भोजपुरका अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल अलैँची व्यवसायी महासङ्घको पहलमा किसानको समस्या खोजी भइरहेको महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए । किसानको अलैँची बगानमा […]

ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न अर्थमन्त्री समक्ष याेगेशकाे माग

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न माग राख्दै सरकारकाे ध्यानाकर्षण गरेका छन् । भट्टराईले बिहीबार उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटी सम्बन्धित निकायलाई ताप्लेजुङमा कार्यालय स्थापनाका लागि निर्देशन दिन माग गरे । ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा