काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।
राष्ट्र बैङ्कका अनुसार युरो एकको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, बेलायती पाउन्डको १९४ रुपैयाँ ७५ पैसा र स्वीस फ्र्याङ्कको १७६ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, कुवेती दिनार एकको बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा, बहराइन दिनारको ३९३ रुपैयाँ ८८ पैसा र ओमनी रियालको ३८५ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछ।