काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् । […]
विराटनगर । प्रदेश १ मा विहीबार २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४६ महिला र ६० पुरुष […]
विराटनगर । गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ुपुलु मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्। बीमा समितिका कार्यकारी निर्देशक […]
इटहरी । इटहरी उपमहानगरले बुधबार बजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च र प्रहरीको सहभागितामा बजार अनुगमन गरिएको हो । बुधबार खादय समाग्री बेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख […]
विराटनगर । नेपाल स्काउट देशभरका सबै स्थानीय निकायहुँदै त्यहाँका सबै विद्यालय सम्म विस्तार हुने भएको छ । नेपाल स्काउटले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा देशका सबै ७ सय ५३ पालिकाहरुमा स्काउट संरचना निर्माण गरिएको र यो अब सक्रिय रुपमा रहने जनाईएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित सँस्थालाई देशको […]
एजेन्सी । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै […]
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पछिल्लो समय ३० जनाको स्वाब संकलन गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सदरमुकाम नजिकै रहेको पाथीभरा बहुमुखी क्याम्पसबाट ६७ र जिल्ला अस्पताल ताप्लेजुङबाट ५ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा ११ जनाको कोरोना पोजेटिभ आएको ताप्लेजुङका प्रमुख जिलला अधिकारी उमेश पाण्डेले […]
काठमाडौं । निषेधाज्ञाको समयमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा विवाहका पास नचाहिने उल्लेख गरेको हो। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा सवारीमा दुलहा दुलहीसहित १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। जारी सूचनामा […]
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना मोरङ र अर्का एक जना झापाका छन्। मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको बिहान ३स्४५ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि वैशाख […]
विराटनगर । प्रदेश १ का सरकारी तथा निजी अस्पतालले कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन आफैं उत्पादन गर्न अग्रसरता लिएका छन्। केही निजीले उत्पादन सुरु गरेका छन् भने केहीले वैशाखभित्रै सञ्चालनको तयारी गरेका छन्। प्रदेश सरकारले १२ सरकारी अस्पताल छनोट गरी बजेट विनियोजन गरेकाले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘अस्पताल परिसरमा […]