Lite Nepal

शुक्रबार, साउन ०६, २०७९

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गर्दा माग गरिएको छ ।

सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताउनुभयो ।

सोही पार्टीका गङ्गा चौधरी ९सत्गौवा० ले सार्कका अन्य मुलुकका अभ्यासलाई हेरेर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्नेबित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा संशोधनकर्ता दुर्गा पौडेल, घनश्याम खतिवडा, अञ्जना विसङ्खे, नरबहादुर धामी, डा सूर्यप्रसाद पाठक, गोकुलप्रसाद बास्कोटालगायतले छलफलमा भाग लिनुभएको थियो । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दफाबार छलफलका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्नेक्रम सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा