बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतकहरुको सनाखत हुन बाँकी छ । […]

भारतमा कोरोनाले १ लाख २८ बढीको मृत्यु, ८७ लाख बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित भएका छन् । […]

आज काग तिहार, यमदूतका रूपमा कागको विशेष पूजा

काठमाडौं । आज काग तिहार । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए । […]

राजेन्द्र राउतद्वारा वाणिज्य महासंघमा उम्मेदवारी दर्ता

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभाको लागि विराटनगरका उद्योगी राजेन्द्र राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ११, १२ र १३ गते हुन गईरहेको साधारणसभामा हुने निर्वाचन कार्यक्रमको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। १ का उपाध्यक्ष राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका […]

प्रदेश १ मा एकै दिन ६ सय ६२ जनाले जिते कोरोना

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३ जना ले कोरोना जितेका छन् । यस्तै अन्य डिस्चार्ज हुनेमा कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक […]

मौसमले साथ दिँदा इलाममा बढ्यो चिया उत्पादन

इलाम । विगत वर्षको तुलनामा यस वर्ष ९अन्तिम सिजन (अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि चियाप्रति […]

आजबाट तिहार सुरू, बेलुका यमदीपदान, तिथिको घटबढले काग तिहार भोलि

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा यमदीप […]

धरानमा श्रीमान, श्रीमतीको नै गयो कोरोनबाट ज्यान

विराटनगर । धरानमा कोरोनाभाइरसको संक्रमणबाट एकैघरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१४ विजयपुरका श्रीमान र श्रीमती रहेका छन् । कोरोना संक्रमित भएका उनीहरुको ३ दिनको फरकमा मृत्यु भएको हो । कोरोना संक्रमित ६७ वर्षीय श्रीमतीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर ल्याएपछि मृत्यु भएको जनाइएको छ । श्रीमतीको मृत्यु भएको तीन […]

प्रधानमन्त्री ओली संखुवासभामा, साढे ३ बजे काठमाडौं फर्कने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सङ्खुवासभा पुगेका छन् । बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेका ओली अहिले सीमा नाका किमाथाङ्कामा पुगेको सांसद् राजेन्द्र गौतमले बताए । ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्षा पोस्ट ९बीओपी०को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् । ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक […]

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, बीओपीको अवलोकन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने ओलीले त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा