Lite Nepal

शनिबार, जेठ ०८, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा कसैको मृत्यू भए बोक्ने शव वाहन छैन । एम्बुलेन्सलाई शव बोक्न छुट छैन, कहिले ट्याक्टर त कहिले अन्य सवारीमा शब बोक्नुपर्ने जिल्लाबासीको बाध्यता छ । तर, अब यो बाध्यता हट्दैछ । जिल्लामा शववाहनको व्यवस्था हुने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिन अघि कोरोना नियन्त्रणमा जिल्लाको समस्या बुभ्mन आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी भएर शव वाहनको पनि समस्या सुनेका डाक्टर सन्दुक रुइतले शव वाहन खरिदका लागि रकम जुटाइदिएका छन् ।

फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएर आँखा रोगको क्षेत्रका विश्वमै विज्ञ कहलिएका डाक्टर सन्दुक रुइतले ८ जना व्यक्तिहरूबाट १० लाख २५ हजार रुपैयाँ जुटाएका हुन् । ‘जिल्ला अस्पतालमार्फत व्यवस्थापन हुने गरी शव वाहन खरिद गर्न रकम जुटेको हो,’ रुईतले भने ‘अब शव व्यवस्थापनमा जिल्लामा समस्या हुने छैन ।’

रुइतका अनुसार शव वाहन खरिद गर्न लामा गुरु झट्याल रिम्पोचेका छोरी सरस्वतीदेवीले ५ लाख रुपैयाँ दिएकी छन् । स्वर्गीय नेसार डोल्माको सम्झनामा डोङ्गला, तेञ्जिङ उक्याव, सोनाम टाँसी र पान्देन रोट्टाले १ लाखका दरले सहयोग दिएका छन् ।

मिङमा उक्याव र लाक्पा छिरिङले ५० हजारका दरले सहयोग गरेका छन् । थुप्तेन उक्यावले २५ हजार रुपैयाँ दिएको रुइटले जानकारी दिए । शव वाहन भन्सार छुटमा खरिद गर्न सकिने भएकाले यो रकम प¥याप्त हुने रुइतको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं