Lite Nepal

आइतबार, साउन ३२, २०७७

विराटनगर । प्रदेश १ मा आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।

मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगर महानगरपालिकामा आईतबार ८६ जनामा कोरोनो पुष्टि भएको छ ।

संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा