Lite Nepal

आइतबार, साउन ३२, २०७७

विराटनगर । कोरोनाको जोखिम बढेसँगै सुनसरी र मोरङका उद्योगी व्यवसायीहरूले भर्चुअल बैठक सम्पन्न गरेका छन्।

शनिबार भएको बैठकले कोरोना संक्रमणबाट बच्दै सकेसम्म उद्योग सञ्चालन राख्ने निर्णय गरेका छन्।

दुई जिल्लाका झण्डै १०० उद्योगपति र सबै ट्रेड युनियनका नेताबीच भएको बैठकले अन्तिम विकल्प रहेसम्म उद्योग बन्द नगर्ने निर्णय गरेको मोरङ उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए।

त्यसका लागि सरकारले तोकेको स्वास्थ सुरक्षाका मापदण्ड पूरा गर्ने, कर्मचारीलाई स्यानिटाइजर, मास्क, ह्याण्ड वास उपलब्ध गराउने जस्ता निर्णय भएका छन्।

यस्तै भौतिक दूरी पालना गर्ने र कोरोनाबाट बच्न आवश्यक पर्ने मापदण्ड पूरा गर्ने निर्णय भएको मोरङ उद्योग संगठनका अध्यक्ष घिमिरेले बताए।

कर्मचारीलाई कोरोना संक्रमणको जोखिमबारे ट्रेड युनियनले भूमिका खेल्ने भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा