कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा मृतकको संख्या ११ पुग्यो

Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ ।

मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनगर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि आईतबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्दा सोमबार बिहान उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

कोशी अस्पतालमा यसअघि ७ जना कारोना संक्रमितको मृत्यु भइसकेको छ ।

यो सँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।

यस अघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १÷१ जना, मोरङ रंगेलीका १ जना, सुनवर्षीका १ जना र बुढीगंगाका १ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं