Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

सुनसरी । सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भयो । भोक्राहा गाउँपालिका–७ स्थित घरबाट साउन २९ मा ‘मोवाइल पसलमा काम छ’ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो ।

गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

हत्यामा संलग्न दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दीपक कुमार यादव र प्रदीप रामलाई प्रहरीले क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुलाई ज्यान सम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

धानखेतमा ‘रगत जस्तो पदार्थ’ देखिएको स्थानीयको सूचना फलो गर्दै जाँदा सुनसरी खोलामा बोरामा ढुंगासहित प्याक गरेर फालेको अवस्थामा गुणराजको शव भेटिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा व्यक्तिगत सम्बन्ध र मृतकको स्वभाव विष्लेषणपछि प्रहरी हत्यामा संलग्न अभियुक्तसम्म पुग्न सफल भएको हो ।

अनैतिक सम्बन्ध

चारित्रिक रुपमा कमजोर गुणराजको सोही कमजोरीका कारण ज्यान गयो । धेरै जनासँग प्रेम गर्ने स्वाभावका गुणराजलाई माया गर्ने युवतीबीच पनि झै–झगडा भएको थियो । सो झगडा परिवारमा पुगेपछि पाँच जना मिलेर उनको हत्या योजना बनाए ।

‘मोवाइल पसलमा काम छ’ भन्दै साथी शिव कुमारसँग उनी ईनरुवा बजार हिँडेका थिए । साउन २० मा साँझ उनीहरुले पारिजात स्कुल नजिकै मदिरा सेवन गरे । त्यसपछि इन्द्रजित यादवको घरमा गुणराजलाई छाडेर शिव कुमार हिँड्छन् । त्यहाँ उनी केहीबेर मदिरा पिउँछन् ।

इन्द्रजितको घरभन्दा ३ सय मिटर पर घन्सी बारीमा पाँच जना लुकेर बसे । उनीहरु थिए, पप्पु राम, दीपक यादव, प्रदीप राम, शिवकुमार मेहता र दिनेश मेहता । जब गुणराज त्यहाँबाट निस्किए, त्यसपछि पाँचजनाले बाँसले टाउकोमा प्रहार गरेर ढाले । अनि, नजिकै गोरु गाढामा बाँधिएको नाइलनको डोरीले घाँटी बाँधेर घिसार्दै सुनसरी खोलामा लगे ।

‘आवेगमा अण्डकोशमा पनि प्रहार गरेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले भने–‘हत्यापछि बोरामा हालेर खोलाको पानीमा शव फालेको अनुसन्धानबाट थाहा भएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा