Lite Nepal

बुधबार, बैशाख २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर भारत र चीनबीच भएको व्यापारिक सहमतिप्रति नेपालले आपत्ति जनाइसकेको बताएका छन्।

बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाललाई जानकारी नगराई गरिएको यस्तो द्विपक्षीय सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।

उनका अनुसार सीमा विवादको विषयमा सरकारले आवश्यक गम्भीरता देखाउँदै कूटनीतिक पहल अघि बढाइसकेको छ र सम्बन्धित पक्षलाई कूटनीतिक नोट समेत पठाइएको छ।

पराजुलीले सीमा जस्तो संवेदनशील विषयमा उत्तेजनात्मक प्रतिक्रिया होइन, कूटनीतिक तथा राजनीतिक संवादमार्फत समाधान खोजिनुपर्नेमा जोड दिए।

उनले सरकारले यस विषयलाई अघि बढाउन आवश्यक तयारी गरिरहेको र संवादकै माध्यमबाट समाधान खोज्ने दिशामा प्रतिबद्ध रहेको जानकारी पनि दिए।

उनका शब्दमा, नेपाललाई औपचारिक जानकारी नदिई दुई छिमेकी राष्ट्रबीच भएको व्यापारिक समझदारी स्वीकार्य हुन नसक्ने र यसबारे सरकारले स्पष्ट अडानसहित कूटनीतिक प्रक्रिया अघि बढाइसकेको छ।

पराजुलीले सरकारको तर्फबाट पहल सुरु भइसकेकाले यस विषयमा थप राजनीतिक टिप्पणीभन्दा संवाद प्रक्रियालाई अघि बढ्न दिनु उपयुक्त हुने धारणा पनि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं