Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको छ।

कोरोना भाइरसको महामारीका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत गर्न नदिन नाकामा खटिएका प्रहरीमाथि आक्रमण गर्न खोजिएको हो।

सामान खरिद गर्ने बहानामा भारततर्फ गएकालाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि बुधबार साँझबाट तनाव सुरु भएको थियो। उनीहरुले भारतीयको सहयोगमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ।

‘नेपालबाट ३०-३५ जना लुकिछिपी चोर बाटो हुँदै सामान खरिद गर्ने बहानामा भारततिर गएका रहेछन्’, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले भने, ‘सामान लिएर फर्कने क्रममा उनीहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि रोक्न खोज्दा अवस्था तनावपूर्ण बन्यो।’

उनका अनुसार कोरोनाका कारण नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै सीमा क्षेत्रमा कडाई गर्ने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा