Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

विराटनगर । प्रदेश १ मा विहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकामा १३ महिला र २९ पुरुष छन् ।

सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, ते्रहथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महोत्तरीका २ महिला १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ ।

प्रदेश १ बाट विहीबार १८ जना डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ ।

हाल सम्म ७३ हजार ५ सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं