Lite Nepal

शनिबार, आषाढ २०, २०८३

तेहरान । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ ।

सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्‍यालीहरू आयोजना गरिने कार्यक्रम छ ।

घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोहस्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए ।

उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं