Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो ।

२४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् ।

धनुषामा २९, सिराहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ८ जना कोरोना संक्रमित निको भई डिस्जार्च भएका छन् ।

सप्तरीका २०, सिराहाका ५, धनुषाका १३, महोत्तरीका १२, सर्लाहीका ४, रौतहटका २१ र पर्साका ३३ जना डिस्जार्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको छ ।

प्रदेशमा बिहीबारसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा