Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

काठमाडाैं । कोरोना भाइरस संक्रमितको बढ्दो दरबीच बलिउडका थुप्रै प्रोजेक्ट प्रभावित भएका बेला अक्षय कुमारले फिल्म ‘बेल बटम’ को सुटिङ शुरू गरेका छन् ।

चलचित्रको सेटमा कोरोनाको भय भने देखिएको छ । उनले सामाजिक सञ्जालमा बिहीबार साँझ छोटो भिडियो सेयर गर्दै छायांकन थालेको खबर सार्वजनिक गरेका हुन् ।

क्ल्याप बोर्ड बोकेका उनी मास्क लगाएको अवस्थामा छन् । सन्त्रासको परिस्थितिमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले कसरी काम भइरहेको छ भन्ने जानकारी साझा गरेका छन् ।

चलचित्रको सेटमा कोरोना भाइरसको संक्रमणबाट जोगिन पालना गर्नुपर्ने नियममा सावधानी अपनाइएको उनले बताएका छन् ।

बेलबटममा अक्षय कुमारसँगै वाणी कपूर, हुमा कुरैसी र लारा दत्ता खास पात्रका रूपमा रहने छन् ।

आगामी वर्षका लागि प्रदर्शनको मिति तय गरिसकेको यो चलचित्रको छायांकन भारत बाहिर पनि गरिएको छ ।

कोरोनाको सन्त्रास सुरु भएयता भने बाँकी काम रोकिएको थियो ।

निर्देशक रञ्जीत एम तिवारी रहेको यो चलचित्रको कथा १९८० को दशकको जासुसमाथि छ । अक्षय कुमार जासुसको भूमिकामा देखिने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा