Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीज ग्रामीण क्षेत्रमा मानवीय सद्भावका साथ मनाइए पनि शहरमा वर्गविभेद बढाउने किसिमले मनाइने गरेको टिप्पणी गरेका छन् ।

‘गाउँमा कसैको घरमा दर खाने व्यवस्था छैन भने छिमेकीले बोलाएर खुवाउने, मानवीय भावना देखाउने चलन अझै छ, तर शहरमा हुनेखानेले सम्पत्ति र सामथ्र्य देखाउने सामन्ती संस्कारका रुपमा यसलाई मान्दैआएका छन्’, साथी संस्थाले तीज २०७७ का उपलक्ष्यमा शुक्रबार करिब दुई सय सहभागीका बीच आयोजना गरेको भच्र्युयल अन्तरक्रिया कार्यक्रममा उनले सो टिप्पणी गरेका हुन् ।

उनकी जीवन संगिनी सहप्राध्यापक बिन्दा घिमिरेले थपिन्, ‘तीज आउनुभन्दा तुई–तीन महिनाअघिदेखि पार्टी प्यालेस र महँगा होटेलहरुमा गहना र सम्पत्ति प्रदर्शन गर्ने नियतले भोजभतेर गर्नु विकृति हो, यसले सामाजिक सद्भाव बढाउने र मुलुकका लागि उत्पादनमूलक लगानी सिर्जना गर्ने कार्य गर्दैन ।’

शहरमा वल्लो कोठामा रमझम र हाँसो तर पल्लो कोठामा दुख र आँसुको अवस्था देखिन्छ, सम्पन्नले विपन्नलाई सघाउने समाजवादउन्मुख समाजको निर्माण गर्न संविधानले प्रतिवद्धता जनाए पनि व्यवहार विपरीत दिशातर्फ गएको उनिहरुको आशय थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा