Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा २ बर्षमा ६८ तोला सुन र २९ किलो चाँदी संकलन भएको छ ।

२०७५ साउन १ देखि २०७७ साउन सम्मको मात्रामा संकलन भएको हो ।

पाथीभरा क्षेत्र बिकास समितिका सदस्य तथा सुनचाँदी ब्यवस्थापन उप–समितिका संयोजक गोपाल न्यौपानेका अनुसार ५४ तोला ५७ लाल एकनम्बरी र १४ तोला ६६ लाल सुन दुईनम्बरी रहेको छ ।

संकलित सबै २९ किलो चाँदी बिक्रियोग्य रहेको न्यौपानेले बताए ।

पाथीभरामा एकैजनाले तीन तोलासम्म सुन चढाएको पाइएको छ ।

उपसमितिले संकलित सबै सुनचाँदी बजारमुल्यअनुसार सात दिनभित्रमा बिक्रि गर्ने निर्णय गरेको छ ।
आनन्द गौतम/रेडियो कान्तिपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं