Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

झापा । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्र अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको हो ।

प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दे संक्रामक रोग सम्बन्धि ऐन २०२० को दफा २ अनुसार निषेधाज्ञा गरेको जानकारी गराएको छ ।

निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ ।

शिवताक्षी नगरपालिकामा समेत १५ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं