Lite Nepal

बुधबार, भाद्र १०, २०७७

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।

रुस र चीनले भने आफूले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छन् । साथै आफ्ना नागरिकमा दिइसकेका पनि छन् ।

यसैबीच चीनले आफ्ना नागरिकलाई एक महिना पहिले ने कोरोनाविरुद्धको भ्याक्सीन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकी पत्रकार वाशिंगटन पोस्टले चीन मानिसमा प्रयोगात्मक रुपमा कोरोना भ्याक्सीनको प्रयोग गर्ने पहिलो देश भएको बताएको छ ।

अमेरिकी पत्रिकाका अनुसार चीनले जुलाईको अन्तिममा आफ्ना नागरिकलाई भ्याक्सीन दिएको हो ।

यो दाबीलाई मान्ने हो भने रुसको भन्दा तीन हप्ता पहिला नै चीनले मानिसमा कोरोना भ्याक्सीनको प्रयोग गरिसकेको थियो ।
एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं