Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्‍चालन गर्ने तयारी गरेको छ ।

भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिकतर्फ पनि कोरोना संक्रमण न्यून भएका एवं नभएका गन्तव्यमा सुचारु गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।

सोहीअनुसार मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद् बैठकमा समेत नमुनाका रुपमा भए पनि केही निश्चित स्थानमा हवाई सेवा सञ्‍चालन गर्न दिनुपर्ने बताएका थिए ।

मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको वा नगरेको भन्‍ने विषयमा औपचारिक जानकारी भने गराइएको छैन ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरुमा हिमाली तथा पहाडी क्षेत्रमा आन्तरिक विमान सञ्‍चालन गर्न सकिने विषयमा छलफल भएको बताए ।

सरकारले निर्णय गरेमा नागरिक उड्‍डयन प्राधिकरण र निजी क्षेत्र पनि सञ्‍चालनको तयारी अवस्थामा रहेको उनले बताए ।

“नमुनाका रुपमा भए पनि पहाडी र हिमाली क्षेत्रमा सञ्‍चालनका लागि छलफल भएको हो ।

मन्त्रिपरिषद्ले निर्णय गरे हामी सञ्‍चालन गर्न सक्ने अवस्थामा छौं । निजी वायुसेवा सञ्‍चालक पनि तयारी अवस्थामा छन्,” उनले भने ।

आन्तरिक उडानका लागि पनि नागरिक उड्‍डयन प्राधिकरणले सुरक्षा मापदण्ड ‘प्रोटोकल’ स्वीकृत गरिसकेको छ ।

मन्त्रालयले लुक्ला, रोल्पा, सिमिकोट, रारा, ताप्लेजुङ, संखुवासभा, पोखरा, काठमाडौं र सुर्खेतसम्म आन्तरिक उडान गर्न दिने तयारी गरेको हो ।

तराईका क्षेत्रमा भने तत्काल हवाई सेवा सुचारु गर्न नहुने निष्कर्षमा मन्त्रालय रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा