Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले नेपालमा कोरोनाले जटिल अवस्था सिर्जना गर्न सक्ने हुँदा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भ्यान्डेलरले बिहीबार बालुवाटारमा भएको भेटका हुन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेपालमा कोरोना सुरुवाती अवस्थामा रहेकाले सचेत रहन आग्रह गरेको जानकारी दिए ।

उनका अनुसार नेपालमा अझै कोरोनाका संक्रमित बढ्न सक्ने भएकाले सरकारले ध्यान दिनुपर्ने भ्यान्डेलरको भनाइ थियो ।

‘प्रधानमन्त्रीले नै बोलाएर भेट गर्नुभएको हो । कोभिड १९ को विषयमा नेपालले गरिरहेको प्रयासको भ्यान्डेलरले प्रशंसा गर्नुभयो,’ डा. भट्टराईले भने, ‘उहाँले नेपालमा कोरोना संक्रमण बढ्नसक्ने भएकाले आइसोलेसनसँगै चेतना पनि बढाउनुपर्यो भन्नु भएको छ ।”

नेपालमा मृत्युदर अन्य देशको भन्दा कम रहेको हुँदा लाग्नेबित्तिकै मरिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने भ्यान्डेलरको भनाइ थियो ।

उनले स्थानीय तहलाई बढी क्रियाशील बनाउन पनि आग्रह गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार महामारीले उग्ररुप लिइरहेको हुँदा सचेत रहन आग्रह गरेका थिए ।

लकडाउनको मोडालिटी अझै व्यवस्थित बनाउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा