Lite Nepal

शनिबार, साउन १७, २०७७

काठमाडौं। लकडाउनको अन्त्यसँगै कोरोना संक्रमणको दर बढेको छ । सरकारले पनि स्वीकार ग-यो, अहिले कोरोना संक्रमित शून्य दशमलव ८ प्रतिशतले बढेका छन् । साउन पहिलो साता अघिसम्म नेपालमा भेटिएका अधिकांश संक्रमित लक्षणविहीन हुन्थे तर, अहिले लक्षण भएका संक्रमित बढ्दै जाँदा कोरोनाले रुप परिवर्तन गरेको अनुमान विज्ञको छ ।

लकडाउन खोल्नु अघि ११ दिनको ४७ हजार ८ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा १ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन परीक्षण गरिएकोमा संक्रमण दर २ दशमलव ८ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

लकडाउन खुकुलो भएको ११ दिनपछि ५८ हजार १ सय ७४ पीसीआर परीक्षणमा २ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ । जुन संक्रमण दर ३.६ प्रतिशत हो यसबाट लकडाउन हटेपछि ०.८ प्रतिशतले संक्रमण बढेको पुष्टि हुने सरकारले बताएको छ ।

संक्रमण बढेको मात्र छैन, पछिल्लो समय संक्रमितमा लक्षण पनि देखिन थालेको छ । बिगतमा कोरोना संक्रमितलाई कोरोनाको लक्षण त्यति देखिंदैन थियो । अहिले संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने श्वासप्रश्वासमा समस्या, स्वाद थाहा नपाउने जस्ता लक्षण देखिन थालेको छ ।

बिज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमा कोरोना सर्ने जोखिम पनि बढी हुनेगर्छ । कोरोना संक्रमितमा लक्षण देखिनुले कोरोना भाइरसले रुप परिवर्तन गरेको हुन सक्ने विज्ञहरुको आशंका छ ।

कोरोना संक्रमणका ‘केस’ कम हुँदा मानिसमा डर बढी थियो । तर, जति संक्रमण फैलिएको त्यति नै मानिसहरु सचेत हुन छाडेका छन् । बिज्ञहरुले मास्क लगाउने साबुन पानीले हात धुने लगायत संक्रमणबाट बच्ने उपाय अनिवार्य अपनाउन सुझाब दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा