Lite Nepal

शुक्रबार, साउन २३, २०७७

काठमाडौं । सेभिल्ला र लिभरकुशेन युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

राति भएको खेलमा सेभिल्लाले रोमालाई २ शून्यले तथा लिभरकुशेनले रेन्जरलाई १ शून्यले हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

सेभिल्लाको जितमा खेलको २२ औं मिनेटमा सर्जियो रेगुइलन र ४४ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गरे । यस्तै लिभरकुशेनको जितमा मौसा डायबीले गरेको गोल नै निर्णायक बन्यो ।

लिभरकुशेन समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरकुशनले अब आउँदो सोमबार इन्टर मिलानसँग तथा सेभिल्लाले वलभरह्याम्टन ह्वनडरर्ससँग मंगलबार खेल्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं