Lite Nepal

शुक्रबार, साउन २३, २०७७

विराटनगर । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसहित मन्त्रालयका कर्मचारीले विहीबार पीसीआर परीक्षण गरे। दिउँसो संकलन गरेको स्वाबको रिपोर्ट साँझनै आयो। सामाजिक सञ्जालमा मन्त्रीसहित कर्मचारीको रिपोर्ट नेगेटिभ भन्दै व्यापक प्रचार भयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीको पनि बिहीबारनै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट बेलुकानै आयो। आवश्यकतानै नभएका बिना लक्षण, बिना ‘कन्ट्रयाक’का कर्मचारीले पनि हुलमुलमा परीक्षण गराए जो पहुँचवाला कार्यालयका कार्मचारी थिए।

यी दुई उदाहरण मात्रै हुन्। अन्य प्रदेश १ का सरकारी पहुँचवाला कार्यालयका कर्मचारी र व्यक्तिले पनि सामान्य रुघा लागे स्वाब दिन्छन् र दबाव दिएर साँझनै रिपोर्ट लिन्छन्। तर, रुघा, खोकी र ज्वरोले थलिएकादेखि आफुले भेटेका साथी कोरोना पोजिटिभ भएका सर्वसाधारण, पहुँच नपुग्ने, दबाव दिन नसक्नेहरुको स्वाब संकलन गरेको तीन दिनसम्ममा पनि परीक्षण रिपोर्ट आउँदैन, मानसिक तनाबमा बस्नुपर्ने हुन्छ।

विराटनगरका एक सञ्चारकर्मीले आफुले भेटेको साथीमा कोरोना संक्रमण देखिएपछि २१ गते बुधबार विराटनगरस्थित महानगरपालिकाले स्वाब संकलन गर्ने स्थान जैनभवनमा गएर स्वाब दिए। उनले स्वाब दिएको शुक्रबार तीन दिन भयो। तर, अझै रिपोर्ट आएको छैन्। रिपोर्ट पोजिटिभ आउलाकी नेगेटिभ भन्ने दैनिक तनाब झनै बढेको उनी बताउँछन्। ‘तीन दिन भयो रिपोर्ट आउँदैन, पहुँचवाला कर्मचारी र मन्त्रीको एकै दिनमा आयो,’ उनले भने ‘हामी हेरेको हेर्‍यौ।’

अर्की एक पत्रकार महिलालाई रुघा, खोकी, १०२ डिग्री ज्वरो लगातार तीन दिनदेखि आएपछि उनले पनि २१ गतेनै जैन भवनमा पुगेर स्वाब दिइन्। ‘अहिले पनि रुघाखोकि लागिरहेको छ, घरमानै औषधी खाएर बसेको छु, स्वाब दिएको तीन दिन भयो तर, रिपोर्ट आएको छैन’ उनले भनिन्।

कोरोनाको लक्षणसँग धेरै मिल्दो जुल्दो भएपछि कोरोना आशंका स्वाब दिएको बताउने ती महिला सञ्चारकर्मी स्वाबको रिपोर्ट नआउँदै आफुलाई धेरै आराम भइसकेको सुनाउँछिन्। ‘पहुँच हुनेको लक्षण नदेखिँदा पनि परिक्षण गराए, विहानको बेलुका आयो, मेरो तीन दिनमा पनि आएको छैन्’ उनले भनिन्।

२० गते परिक्षण गरेकाहरु मध्ये केही सर्वसाधारणको रिपोर्ट २३ गते आयो। सो रिपोर्टमा एक सञ्चारकर्मी पनि पोजिटिभ भन्ने सुनेपछि आफुहरुलाई आशंका गरेर फोन गरेर साथीहरुले सोध्ने गरेको स्वाब दिएका सञ्चारकर्मी बताउँछन्। ‘स्वाब दिएको थाहा थियो, सुभचिन्तकहरुले सोधेको सोधेकै छन्’ एक सञ्चारकर्मीले भने ‘रिपोर्ट ढिला आउँदा पनि झन तनाव थपियो।’

विराटनगरमा तीन स्थानमा पीसीआर ल्याव राखेर कोरोना परीक्षण भइरहेको छ। तर, पहुँच भएकाहरु दवाब दिन सक्नेहरुको स्वाब अघि परीक्षण गर्दा सर्वसाधारण र बिरामीहरुको परीक्षण ढिला हुने गरेको छ। ‘यसलाई प्राथमिकता दिनुपर्‍यो भनेर दैनिक दवाब दिने फोन टन्नै आउँछ, हाकिमको आदेश मान्नै पर्‍यो, ठुलाबढाकोले प्राथमिकता पाएकै हुन्,’ कोशी अस्पतालको ल्यावमा काम गर्ने एक कर्मचारीले भने ‘दवाब नदिएकाहरुको सहज समयमा मात्रै हुने गरेको केही दिन भयो।’

प्रदेश १ का ‘भिआईपी’ र अन्य प्रदेशका मन्त्रीमा मानै कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा पुगेका उच्च ओहोदाका कर्मचारीदेखि मन्त्रीसम्मले पीसीआर परीक्षण गर्न थालेपछि बिरामी र केही संक्रमण देखिएकाहरुको स्वाबको परिक्षण पर धकेलिन थालेको छ। यस विषयमा जानकारी लिन प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक जयवेन्द्र यादवलाई टेलिफोन सम्पर्क गर्दा फोन उठाएनन्। साभार : अन्नपूर्ण पोस्ट् अनलाईन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा