Lite Nepal

शनिबार, साउन २४, २०७७

काठमाडौं। वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७१ पुगेको छ ।

स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाई नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। भर्ना भएको केही समयमै उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले बताए।

उनको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको उनले जानकारी दिए। उनका अनुसार ती व्यक्ति मधुमेह र रक्तचापका बिरामी थिए।

पर्सामा उनी सहित ५५ जनामा कोरोना संक्रमण भेटिएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ८ महिला र ४७ पुरुष सहित ५५ जनामा कोरोना पुष्टि भएको हो।

उनीहरु सबैको रिपोर्ट शनिबार बिहान आएको उनले जानकारी दिए। संक्रमण पुष्टि हुनेमा एक स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, एक सेना लगायत रहेका छन्। उनीहरुको उमेर २० देखि ७४ वर्षसम्मका रहेको मेसु उपाध्यायले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा