Lite Nepal

शनिबार, साउन २४, २०७७

काठमाडौं। वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७१ पुगेको छ ।

स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाई नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। भर्ना भएको केही समयमै उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले बताए।

उनको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको उनले जानकारी दिए। उनका अनुसार ती व्यक्ति मधुमेह र रक्तचापका बिरामी थिए।

पर्सामा उनी सहित ५५ जनामा कोरोना संक्रमण भेटिएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ८ महिला र ४७ पुरुष सहित ५५ जनामा कोरोना पुष्टि भएको हो।

उनीहरु सबैको रिपोर्ट शनिबार बिहान आएको उनले जानकारी दिए। संक्रमण पुष्टि हुनेमा एक स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, एक सेना लगायत रहेका छन्। उनीहरुको उमेर २० देखि ७४ वर्षसम्मका रहेको मेसु उपाध्यायले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं