Lite Nepal

सोमबार, आश्विन १२, २०८३

काठमाडौं । नारायणी नदीले बगाएर पुलको पिलरमा अड्काएको ‘राइनो क्रुज’लाई सुरक्षित रूपमा बाहिर निकाल्ने विषयमा छलफल भइरहेको छ।

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पुललाई कुनै पनि किसिमको क्षति नपुग्ने गरी सावधानीपूर्वक क्रुज निकाल्ने तयारी भइरहेको हो।

पिलरमा अड्किएको क्रुजका कारण जोखिम बढेपछि केही समय सतर्कता अपनाइए पनि हाल नारायणी पुलमा सवारीसाधनको आवतजावत भने पुनः सुचारु भइसकेको छ।

प्राविधिक टोलीले पुलको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर क्रुजलाई सुरक्षित स्थानमा लैजाने उपायहरूबारे अध्ययन र समन्वय गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं