Lite Nepal

आइतबार, साउन २५, २०७७

विराटनगर । भारतसँग सीमा जोडिएको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बलको बिओपी बखरीको टोलीले दुई सय ६७ ग्राम सुनको चक्कीसहित गुप्तालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले लकडाउनको समयमा भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको बताए ।

सुन २३ लाख मूल्य बराबरको रहेको छ । शनिबार पक्राउ परेका गुप्ताको साथबाट पाँच हजार नेपाली रुपैयाँ, साइकल र मोबाइल पनि बरामद भएको एसपी पौडेलले बताए । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताउँदै उनले आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा