Lite Nepal

आइतबार, साउन २५, २०७७

विराटनगर । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले आईतबार एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय विराटनगरका अनुसार प्रदेश औद्योगिक ब्यवसायका सम्बन्धमा बनेको विधेयक, प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथख तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश नं १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, र प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण भएको हो ।

हालसम्म प्रदेश सरकारले ४९ वटा विभिन्न विधेयक पारित गरिसकेको छ । प्रमुख प्यासीले पदभार ग्रहण गरिकन हालसम्म विभिन्न ११ वटा विधेयक प्रमाणीकरण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा