Lite Nepal

बुधबार, साउन २८, २०७७

काठमाडौं । सोमबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कान्तिपुर राष्‍ट्रिय दैनिकका सहायक सम्पादक एवम् वरिष्‍ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ । बानियाँको शव बुधबार विहान मकवानपुरको सिस्‍नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

सिसिटिभी फुटेजका अनुसार पछिल्लोपटक सोमबार विहान बल्खुचोकमा देखापरेका बानियाँलाई एकजना प्रहरीले देखेपछि उनलाई सोधपुछ गरिएको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका तर पानीको अत्याधिक बहावले गर्दा उद्धार गर्न नसकेको स्थानीयको भनाइलाई उद्धृत गर्दै एसएसपी थापाले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

खोलामा लडेपछि बगाएर उनको शव मकवानपुर पुर्‍याएको प्रारम्भिक अनुमान भएतापनि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ । तनहुँका स्थायी बासिन्दा बानियाँ पछिल्लो एक दशकदेखि कान्तिपुरमा कार्यरत रहेका छन् । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा