Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुदैछ ।

यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहान भएको चार घण्टा लामो संवाद सकारात्मक भएकाले आज फेरि बस्ने बताइएको छ ।

हिजोको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

गत बुधवार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दावी गर्नुभएको थियो ।

ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको छैन । तर दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।

स्थायी कमिटी बैठकमा प्रचण्डसहितनका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए । ओली राजीनामा नदिने अडानमा हुनुहन्छ ।

पार्टी विभाजन हुन लागेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले खबरदारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं